कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएकोे तोडफोड र आगजनीबाट क्षतिग्रस्त भौतिक संरचनाका भवनहरुको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री शाहले मंगलबार धनगढीस्थित विभिन्न सरकारी कार्यालयहरूमा पुगेर क्षतिको अवस्था अवलोकन गरेका हुन । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा, जिल्ला अदालत कैलाली, डिभिजन वन कार्यालय धनगढी लगायतका कार्यालयहरूको अनुमगन गरे ।
अनुगमनपछि मुख्यमन्त्री शाहले प्रदेश सरकार सार्वजनिक सम्पत्ति र संवैधानिक अंगहरूमा भएको क्षतिप्रति गम्भीर रहेको बताएका छन् ।

