विदेशमै बसेका ४ सरकारी कर्मचारीलाई कारबाही प्रक्रिया

काठमाडौं । विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति तथा डिभी भिसा लिएर स्वीकृत बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभएका ४ निजामती कर्मचारीसँग भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले स्पष्टीकरण मागेको छ।

मन्त्रालयका अनुसार निजामती कर्मचारीले सेवामा रहँदै विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउने कानुनी व्यवस्था छैन। १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

मन्त्रालयले यस्तै गरी विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीको अवस्थाबारे पनि अध्ययन र खोजीलाई तीव्र बनाएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार