काठमाडौं । नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन् ।
सेनाको लु. १ ग. २८० नंम्बरको ट्रकमा २२ जना सवार थिए । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाईस्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो सेना सवार ट्रक दुर्घटना भएको हो ।
मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाई स्थित नं. २ राजदल गण तनहुँबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु. १ ग. २८० नंम्बरको ट्रक सिमानाको पुल बाट अन्दाजी १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

