सुनको भाउले फेरि बनायो कीर्तिमान

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । गएको शुक्रवार तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको सुनको भाउ अस्ति आइतबार र हिजो केही घटेको थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार