खण्डहर बने प्रमुख तीन राजनीतिक दलका कार्यालय

काठमाडौं । भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलन र त्यस पछिको तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको परिणाम थियो जेन जी आन्दोलन ।

जसको फलस्वरूप आन्दोलनकारीहरूले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी गरेका थिए।

सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वार देखि हरेक कोठामा आगजनी गरिएको थियो । नेपाली कांग्रेसले आजबाट देशभरि भएको प्रदेश कार्यालय र जिल्ला कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्न लागेको हो ।

जेन जी आन्दोलन नेकपा एमालेको च्यासलस्थित मुख्यालय पनि खण्डहर बनेको छ । आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट मुख्यालयका अधिकांश संरचना खरानी भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार