काठमाडौं । सञ्चार मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार, नेपालभित्र ती सञ्जालको पहुँच मोबाइल तथा इन्टरनेट प्रदायक मार्फत रोकिएको छ र अनधिकृत भीपीएन प्रयोग जोखिमयुक्त छ।
स्मार्ट आइडिया प्रालि र ग्लोबल डायरी प्रालि भने २२ भदौसम्म सूचीकरण पूरा भइसकेको मन्त्रालयले जनाएको छ।


