रास्वपाको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी १ सय ५१ जनाको हुने भएको छ । रास्वपाले महाधिवेशनबाट १ सय ५१ जनाको केन्द्रीय समिति चयन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसमध्ये ५१ जना भने निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ । तर, रास्वपाका एक सय केन्द्रीय सदस्य भने निर्वाचित भएर आउनेछन् । त्यसरी आउनेको सूचीमा ३५ जना भने प्रदेशबाट प्रतिनिधित्व गर्नेछन् ।

रास्वपाका नेताहरूको भनाइमा हरेक प्रदेशबाट ५ जनाको दरले ७ प्रदेशबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । ती निर्वाचितहरूको संख्या पनि निर्वाचित हुने एक सयकै सूचीमा पर्नेछन् ।

साथै, प्रदेश सभापतिलाई भने पदेन केन्द्रीय सदस्य बन्ने प्रस्ताव गरिएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार