सवारी दुर्घटना न्युनिकरणका लागि विशेष योजना र प्रभावकारी कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि विशेष योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुटवलमा बिहीवार आयोजित ‘लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटी, लापरवाही र ट्राफिक नियमको पालना नहुँदा दुर्घटना बढिरहेको उल्लेख गरे । उनले यस्ता गम्भीर समस्या समाधानका लागि ठोस कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजान निर्देशन दिए । सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको स्पष्ट पार्दै उनले दुर्घटना न्युनिकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

मुख्यमन्त्री आचार्यले सडक दुर्घटनाले अपूरणीय मानवीय तथा ठूलो आर्थिक क्षति पु¥याइरहेकाले यसको रोकथामका लागि दीर्घकालीन र परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सुरक्षित सडक र मर्यादित यात्राको वातावरण निर्माण गर्नु सबै पक्षको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।–

सम्बन्धित समाचार

ताजा समाचार