काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनाङ उपनिर्वाचनका लागि उम्मेदवारी तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको हो।
२०८२ कात्तिक १७ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको उनको भनाइ छ।
उनका अनुसार उक्त क्षेत्रको उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति देउवालाई दिने निर्णय भएको छ।

