काठमाडौं । नेपाली सेनासँगको सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं पुगेको छ। हिमालयन एयरलायन्सको विमानबाट चिनियाँ जनमुक्ति सेनाको टोली लासा हुँदै शुक्रबार काठमाडौं पुगेको हो।
टोलीमा ३७ जना चिनियाँ सेना रहेको सैनिक स्रोतले जनाएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण शनिबारबाट सुरू हुँदैछ। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुनेछ। सेनाका एक उच्च अधिकारीका अनुसार, उक्त सैन्य अभ्यास १० दिनसम्म चल्ने छ।
सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा भएको थियो।

