काठमाडौं । सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र पठाएको छ ।
सामाजिक सञ्जाल कम्पनी (मेटा, गुगल) र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु गर्न रास्वपाका सहमहामन्त्री विपीन आचार्यले पहलको लागि पत्र पठाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायतको विषयमा जिज्ञासा पत्र पठाएको हो ।
सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गरेको छ।

