ऐतिहासिक पशुपति मनोकमना पुर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ शुरु

काठमाडौं । ऐतिहासिक पशुपति मनोकमना पुर्ति तथा संकट मोचन बिराट ज्ञान महायज्ञ शुरु भएको छ ।

साउन १ गतेदेखि पशुपतिको वनकालीमा शुरू भएको महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त धर्मगुरुहरुले श्रीमद्भागवत वाचन गरिरहेका छन् ।

सयौं गुरुहरूबाट दैनिक हवन तथा १०८ श्रीमद्भागवत पाठ पारायण गरिने महायज्ञ साउन २१ गतेसम्म चल्नेछ । कोटिहोमको पहिलो दिन बिहीबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

मानव सेवा फाउन्डेशनलगायत विभिन्न सामाजिक संस्थाहरूको आयोजनामा सञ्चालित महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचक सुश्री देवी प्रतिभा, वाचन प्रवीण दीनबन्धु पोखरेल, विदुषी कान्ता भट्टराईले श्रीमद्भागवत, श्रीमद्देवीभागवत, शिवमहापुराण तथा रामायण आदि ग्रन्थका सङ्गीतमय कथा प्रवचन गर्नेछन् ।

अनाथ बालबालिका दीन, दुःखिहरुको लागि सहयोग जुटाउने लगायतका उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञमा बिभिन्न राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

महायज्ञमा भक्तजनहरुको बाक्लो उपस्थिती छ ।

सम्बन्धित समाचार

ताजा समाचार