साढे २४ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

काठमाडौं । मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैंया सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टिकाराम राउतलाई पनि पक्राउ गरेको हो ।

जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो ।

त्यसक्रममा रकम समेत बरामद भएको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार