प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल चलिरहेको भइरहेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भिजिट भिसाको विषय उठाउँदै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । उनीहरूले हिजोको संसद् बैठक चल्न दिएनन् । आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अहिलेसम्म शुरू हुन सकेको छैन ।

अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल हुँदैछ ।

सम्बन्धित समाचार

ताजा समाचार