काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुँदैछ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि सरकारले आर्थिक सर्वेक्षण प्रतिवेदन र संस्थानहरुको वित्तीय प्रतिवेदन संसदबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ ।

