रिहा भए प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता बम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएकामा आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका थिए । प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएपछि सो को विरोधमा शनिबार राप्रपाका युवा नेता निराजन बमले प्रचण्डको फोटो जलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार