टर्कीबाट ५२ हजार भन्दा बढी सिरियालीहरू स्वदेश फर्किए

बशर अल–असदको सरकारको पतनपछि गत महिनामा टर्कीबाट कुल ५२ हजार ६२२ सिरियालीहरू स्वेच्छाले सिरिया फर्किएका छन् । जसले गर्दा घर फर्कने सिरियालीहरूको कुल संख्या ७ लाख ९२ हजार ६२५ पुगेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । गत महिनामा, १ हजार ७६६ आप्रवासीहरू टर्कीबाट बाहिरिएका छन् । टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले सिरियाभित्र आवश्यक परेकाहरूलाई मानवीय सहायता प्रदान गरेको छ । राहत सामग्रीका १ हजार ९५८ ट्रकहरू पु¥याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार