वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु

उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेको थियो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली बन्दुक र बमबारीबाट ८२० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसैबीच गाजामा आधारित स्वास्थ्य अधिकारीहरूको तथ्याङ्कले डिसेम्बर २०२४ को अन्त्यसम्ममा गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार ३९९ पुगेको ताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार