सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताउनुभएको छ ।
आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पुरा गरिसकेको दाबी गर्नुभयो । उहाँले सदर चिडियाखानालाई रात्रिकालिन रुपमा चलाउनको लागि सम्भव भए÷नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गर्नुभयो । उहाँले ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरुको थालनि गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन । पछिल्लो कालखण्डमा जावलाखेल प्रवेश गर्दाखेरि पहिला दुई वटा गेट थियो त्यो गेटमा बार राखिएको थियो । त्यो गेटको नाम नै टाइगर गेट थियो । लगभग ५० औँ वर्ष त्यो गेट हराएको थियो हालसालै हामीले त्यो गेट पनि राखेका छौं । त्यही भएर यहाँले पनि राम्रोसँग हेरिदिुनस् बाघ पनि राम्रै छ त्यहाँ । हामीले बोलेका कामहरु सबै पूरा भएका छन् । तर म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौं न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहान्छु । किनभने यहाँ रात्रिकालिन क्रियाकलापहरु छैनन् । रात्रिकालिन क्रियाकलापहरु शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा शुरु गरौं । त्यसपछि बिस्तारै बिस्तार गर्दै जाउँला ।’

उहाँले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार