इजरायली सैनिकहरूले प्रदर्शनकारीहरूको भेलामा गोली चलाउँदा दक्षिणी सिरियामा एक बालकसहित तीन जना सर्वसाधारण घाइते भएको इजरायली र सिरियाली स्रोतहरूले बताएका छन् । सिरियाली मिडिया रिपोर्टकाअनुसार इजरायली सेनाले गोलान हाइट्समा इजरायलले सिरियाली भूभाग कब्जा गरेको विरोध गर्न कुनेइत्रा क्षेत्रमा भेला भएका नागरिकहरूको समूहमा गोली चलाएको थियो । यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सेनाहरूले प्रदर्शनकारीहरूलाई टाढा जान आह्वान गरेको र त्यसपछि आक्रमण गरेको बताउनु भयो ।

