ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका- २ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ६ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर निवासी १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

ठक्करबाट गम्भिर घाइते भएका गुरुङको गएराती नै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार