काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई असोजमा अमेरिकाको भ्रमणको निम्तो दिएका छन् ।
बेइजिङमा चीनले दिएको राजकीय भोजमा बोल्दै ट्रम्पले ८ असोज २०८३ अर्थात्, २४ सेप्टेम्बर २०२६ मा चीन भ्रमणको निम्तो दिएका छन् ।
दुईदिने शिखर सम्मेलन तय गरेर चीनको राजकीय भ्रमणमा रहेका ट्रम्प पछिल्लो ९ वर्षमा चीन पुग्ने प्रथम अमेरिकी राष्ट्रपति हुन् । ट्रम्पले चीन र अमेरिकाबीच ‘परिणमको सम्बन्ध’ भएको बताएका छन् ।
ट्रम्पको चीन भ्रमण शुक्रबार समापन हुनेछ ।

