रुकुमपूर्वमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

रुकुमपूर्वको सिस्ने गाउँपालिका(६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइतेसमेत भएका छन् ।

लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका(६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर केसीको अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन् । घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की घाइते भएको बताएको छ।

घाइते सबैलाई रात्री नै उद्रवार गरेर एकजनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ भने अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन् । प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार