विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालमा प्रयोग गर्न स्वाथ्यमन्त्रीको आह्वान

विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालमा प्रयोग गर्न स्वाथ्यमन्त्रीको आह्वानयुरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि-कन्क्लेभ कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे।उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री पौडेलले भने, ‘देशमा लोकतन्त्र त आयो, तर जनताले त्यसको महसुस गर्ने अवस्था बनेको छैन। विदेशमा अनुभव आर्जन गरेका स्वास्थ्यकर्मीहरूको सहयोगले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। आगामी महिनामा यसका लागि विशेष कार्यक्रम आयोजना गरी स्पष्ट नीति तय गरिनेछ।’

कार्यक्रममा विभिन्न देशमा बसोबास गरिरहेका आठ स्वास्थ्य विशेषज्ञहरूले नेपालमा आफ्नो सहभागितामा सम्पन्न प्रोजेक्टहरूबारे दस्तावेज प्रस्तुत गरेका थिए। तीमध्ये नर्वेका प्रा। डा। दीपक सापकोटा, इटालीका डा। कौशलकिशोर तिवारी, स्वीडेनका डा। दीपराज थापा, बेल्जियमका डा। राजु श्रीवास्तव, जर्मनीका डा। सागर धिताल, अमेरिकाका डा। कृष्णप्रसाद खनाल, बेलायतका डा। बच्चु कैलाश कैनी, र स्वीजरल्यान्डका डा। विनयकुमार श्रेष्ठ प्रमुख वक्ता थिए।उनीहरुले नेपालमा स्वास्थ्य सेवा सुधारको सम्भावनाबारे विश्लेषण गरेका थिए।कार्यक्रममा गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, डा। प्रकाश थपलिया, डा। भीमप्रसाद सापकोटा, र डा। विराज कर्माचार्यले पनि आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। बक्ताहरुले नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोराको भूमिकाबारे आफ्ना विचार राख्दै नीतिगत सुधार र सहकार्यको खाँचो औंल्याए।

संस्थाका अध्यक्ष डा। विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा सञ्चालित प्रोजेक्टहरूमा देखिएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे पनि गहन छलफल भएको थियो। सहभागीहरूले विदेशमा सिकेका ज्ञान, सीप, र स्रोतसाधनलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न थप सहकार्य र निरन्तरताको आवश्यकता रहेकोमा जोड दिए।

प्रवासी नेपाली स्वास्थ्यकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य सेवा सुधारका लागि उपयोग गर्न नयाँ ढोका खोल्न कार्यक्रममार्फत प्रेरित गरिएको थियो।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पौष ११ र १२ गते ९डिसेम्बर २६ र २७० काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४’ आयोजना गर्न तयारी गरिरहेको छ। यस सम्मेलनको मुख्य उद्देश्य नेपालका स्वास्थ्य क्षेत्रको सुधारमा प्रवासी नेपालीहरूको योगदानलाई मूल्यांकन र सक्रिय बनाउने रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार