भिटेनको स्वरमा ‘आउटलः दफा २१९’को नयाँ गीतः हामी यस्तै त होनी ब्रो’ रिलिज

प्रदर्शनरत फिल्म ‘आउटलः दफा २१९’बाट ‘हामी यस्तै त होनी ब्रो’ बोलको गीत रिलिज गरिएको छ। फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाई रहेको बेला निर्माण टिमले उक्त गीतको भिडियो रिलिज गरेको हो। र्यापर भिटेनको आवाज रहेको उक्त गीतलाई सोहि फिल्मबाट पुन : रिमेक भिडियो बनाईएको हो। निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो । नाईट क्लबमा खिचिएको उक्त भिडियोमा फिल्मका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ ।

४ बर्षपछि पुन : नेपाली फिल्ममा देखिएका अभिनेता सुशील श्रेष्ठको मुख्य अभिनय रहेको फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा अमित अग्रहरि र निशा गुइडेको लगानी छ ।

एक्सनको तारिफ बटुली रहेको फिल्ममा द्वन्द निर्देशकको रुपमा चुल्ठे काजी रहेका छन्। रिलिजको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको फिल्ममा सुशीलका साथै शिक्षा संग्रौला, नरेश पौडेल, मारिया कार्की, सोनु लागुन, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मले ४ दिनमा २ करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार