‘जुना: एक व्यथा’, ‘सारंग’ र ‘ममी’ रिलिज

आज शुक्रबारबाट नेपाली सिनेमा हलहरुमा ३ वटा फिल्महरु एकसाथ रिलिज भएका छन्।  जुना: एक व्यथा, सारंग र ममी गरेर नेपाली दर्शकले यी ३ फिल्महरु हेर्न पाउँने भएका हुन्। प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको सारंग र ममीलाई दर्शकले रुचाएका थिए भने जुना: एक व्यथा बालविवाह सम्बन्धी चेतनामुलक फिल्मको जसले रिलिज अघिनै विभिन्न विशेष प्रदर्शनमा दर्शकको वहा वाहि बटुली सकेको छ।

निर्देशक जीवन सेन्चुरीले निर्देशन गरेको फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतको अभिनय छ । फिल्मले  विवाह गरेर गएपछि श्रीमान्ले दिने यातना, सासूको क्रुद्ध व्यवहारलाई गीतमा झल्काउन खोजिएको छ ।

त्यसैगरि प्रशान्त तामांगले निर्देशन गरेको बाल मनोविज्ञानमा आधारित सारंगमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् र आदित्यको समेत अभिनय छ ।

त्यस्तै प्रियंका कार्की अभिनित साईको थ्रिलर तथा हरर फ्यामिली ड्रामा ममीले पनि बनिरहेको नेपाली हरर फिल्म भन्दा उत्कृष्ट रहेको प्रतिक्रिया प्रिमियरमा पाएको थियो। फिल्ममा प्रियंकाका साथै दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार