‘एपीटी’ बन्यो युट्युवमा छिटो १ अर्बपटक हेरिने गीत

‘ब्ल्याकपिंक’की रोज र ब्रुनो मार्सको गीत ‘एपीटी’ युट्युवमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के-पप गीत बनेको छ । ३ महिनाअघि रिलिज भएको यो गीतले साईको के–पप गीत ‘गङ्नम स्टाइल’को रेकर्डलाई तोडेको छ ।

जनवरी ३१ मा यो गीतले औपचारिकरुपमा १ अर्बको आँकडा पार गरेको हो । १८ अक्टोबर, २०२४ मा रिलिज भएको यो गीत रिलिज भएदेखि विश्वब्यापी ट्रेन्डिङमा छ । युट्युव, स्पोटीफाईदेखि बिलबोर्ड सूचीमा समेत गीत शीर्षस्थानमा छ ।
१०५ दिनमै ‘एपीटी’ले यो कीर्तिमान रचेको हो । यसअघि सन् २०१२ मा रिलिज भएको साईको ‘गङनम स्टाइल’ले युट्युवमा सबैभन्दा छिटो हेरिने गीतको रेकर्ड राखेको थियो । तर, यो गीतलाई उक्त भ्यूज पाउन १५८ दिन लाग्यो ।

योसँगै ‘एपीटी’ युट्युवमा अर्ब भ्यूज पाउने पाँचौ गीत बनेको छ । यसअघि एडेलको ‘हेलो’, लुइस फोन्सीको ‘डेस्पासिटो’, एड सिरनको ‘सेप अफ यू’ र जे बाल्विन र विली विलियमको ‘मी गेन्टे’लाई अर्बभन्दा धेरै पटक हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार