हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ४ः५५ बजे घरबाहिर निस्कने क्रममा पौडेलमाथि बस्ती क्षेत्रमा पसेको जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले घटनास्थलको सुरक्षा व्यवस्थापन गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप प्रहरी टोली पुगेर घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार