चिट्ठामा धिरेन शाक्य

अभिनेता धिरेन शाक्य चिट्ठा लिएर नेपाली दर्शक माझ आउने भएका छन। उनले आरएल लामा मोक्तानको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म चिट्ठाबाट पुन : नेपाली सिने नगरीमा कमब्याक गर्न लागेका हुन्। पुषको दोश्रो साताबाट फ्लोरमा जाने फिल्ममा शाक्यसँगै अभिनेता भोलाराज सापकोटाले पनि मुख्य भूमिका निभाउने भएका छन्। निर्माण टिमको जानकारी अनुसार फिल्मका लागि अझै एक अभिनेता र मुख्य अभिनेत्रीको छनौट गर्न बाँकी रहेको छ।

रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी, मियम मोक्तानको सह- लगानी, रंग पत्रकार सञ्चु थोकर लामाको छायांकन, शंकरको महर्जनको द्वन्द्व , आरएल लामा मोक्तानको शब्द तथा संगीत, युवराज कँडेल र अनु चौधरीको गायन रहनेछ ।

फिल्ममा धिरेन र भोलासहित अर्जुन गुरुङ (भँगेरी डन), निमा लामा र रसिला कार्कीको पनि फिल्ममा अभिनय रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार