सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन, कसरी भर्ने फारम ?

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार ललितपुरस्थित केन्द्रीय कार्यालय बी।पी। स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ ।

अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार