संसद्मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना

सिंगापुरका विपक्षी दलका नेतालाई संसद्मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झुटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ। सिंगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झुट बोलेको अभियोगमा जिल्ला अदालतले दोषी ठहर गरेको हो। केही महिनाभित्रै हुने चुनावमा सत्तारूढ पिपुल्स एक्सन पार्टी (पीएपी) को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेको बेला यो सजाय आएको हो। पीएपीले सन् १९५९ देखि धनी सहर–राज्यमा शासन गर्दै आएको छ।

सिंहले समितिलाई भनेको कुरा विपरीत सांसद रइसाह खानलाई संसद्मा आफ्नो झुटलाई ढाकछोप गर्न भनिए पनि सिकाएअनुसार ‘बनावटी कुरा’ गर्दै गर्दा उनी चुकेको देखिएको जिल्ला अदालतका न्यायाधीश ल्युक टानले बताए। न्यायाधीशले खानको बयानलाई उद्धृत गर्दै भने, ‘सिंहले खानलाई बैठकको क्रममा आफ्नो दाबीलाई बास्तविक प्रमाणित गर्न’ हदैसम्मको अभिनय गर्न भनेका रहेछन् तर खानले सिंहले भनेजस्तो गर्न सकेनन्।’

अदालत बाहिर पत्रकारहरूसँग बोल्दै आफूलाई राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्ताधारी मान्छेहरूले फसाएको सिंहले आरोप लगाए। ‘मसँग भएको सल्लाह र मलाई शुभेच्छुकहरूले दिएको सल्लाहको आधारमा म आम चुनावमा भाग लिनेछु,’ उनले भने, मलाई कानुन एकदम स्पष्ट छ भनेर सल्लाह दिइएको छ। निर्वाचन विभागले पछि विज्ञप्ति जारी गर्ने छ भन्ने मैले बुझेको छु। यो चुनाव सजिलो हुने वाला छैन। हामीले कडा संघर्ष गर्नुपर्ने छ र हामी त्यही गर्ने छौं।’

सिंहलाई प्रत्येक अभियोगमा ७ हजार सिंगापुर डलर जरिवाना गर्ने अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताए। सिंहले भने, ‘विपक्षी राजनीति रोज्ने बाटो कमजोर मन भएकाहरूका लागि होइन।’

संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (७ हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार