माउन्टेन इनर्जीले १५ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले?

माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिन भएको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष पनि कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।यस्तै, कम्पनीले लाभांश वितरण प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ।

पुस १० गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार