सुनचाँदीको मूल्य बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा १८ सय र चाँदी १०५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ६०० र चाँदी ५ हजार १५५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार