होटल सब्रिनाको आइपिओ आउने

होटल सब्रिना लिमिटेडले आइपिओ निष्कासन गर्ने तयारी गरेको छ।

कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए।

९० करोड अधिकृत पुँजी र ५३ करोड रूपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रूपैयाँ रहेको छ। कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रूपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ।

अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आइपिओ निष्कासनको प्रक्रियामा जाने तयारी भएको कम्पनीका अध्यक्ष निराजन थापाको भनाइ छ।

काठमाडौंको बुढानिलकण्ठमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तर स्तरोन्नति गर्नका लागि आइपिओ आवश्यक भएको जनाएको छ।

साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापा बताउँछन्। अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ।

होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो।

हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ुरिजेन्टा प्लेसु ब्राण्डले गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार