वीर अस्पतालमै अस्ताए गणेश नेपाली

काठमाडौँ । आत्मदाह प्रयासबाट गम्भीर भएका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

सोरु गाउँपालिका–१ का नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो भने आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर असर पुर्‍याएको थियो। उनलाई बर्न आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएपछि बचाउन नसकिएको अस्पतालले जनाएको छ।

उपचारका लागि प्लास्टिक सर्जरी विभागको नेतृत्वमा विशेष चिकित्सकीय टोली खटिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले सम्भव हुन सकेन।

सम्बन्धित समाचार

ताजा समाचार