मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको झलनाथले स्वीकारे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् ।

‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढंगले भयो । यी हत्याराहरू कसले हत्या गरेका थिए रु,’ खनालले भने, ‘ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’

मदन भण्डारीको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरुप भएको उनको भनाइ थियो ।

‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ,’ उनले भने ।

आफूहरू मार्क्सवाद, लेनिनवादलाई नेपाली क्रान्तिको विशेषता र विशिष्टतामा लागू गर्न क्रियाशील रहेको उनले बताए ।

 

सम्बन्धित समाचार

ताजा समाचार