सरकारले दियो सुकुमवासीलाई होल्डिङ सेन्टर छाड्न एक हप्ताको समय

काठमाडौं । सरकारले सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ। यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेकोमा सरकारले आज एक सूचना जारी गरी १९ गतेसम्मको समय दिएको हो ।

यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो । शुक्रबार फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।

आज जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३/०३/१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३/०३/१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार