प्रचण्ड–नेपाल र शेखर कोइरालाबीच भेट, कुन बिषयमा भयो छलफल ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शुक्रबार विराटनगरस्थित डा. शेखर कोइरालाको निवासमा पुगेर भेटवार्ता गरेका छन्।

डा. कोइरालाको सचिवालयका अनुसार तीन नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा समग्र राजनीतिक परिस्थितिबारे विचार आदानप्रदान भएको हो। भेटलाई औपचारिकभन्दा बढी समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलका रूपमा हेरिएको छ।

यसअघि शुक्रबार नै नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पनि नेता कोइरालासँग छुट्टै भेट गरेका थिए। उक्त भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद समाधान, पार्टी एकता सुदृढ गर्ने उपाय तथा आगामी १५औँ महाधिवेशनमा सबै पक्षको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार