प्रधानमन्त्री बालेन चितवन तीन दिन बस्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाविधेशनमा भाग लिन आइतबार चितवन आएका छन् । उनी महाधिवेशनको उद्घाटन, बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आएका हुन् ।

प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् । रिसोर्ट ६ असारदेखि ४ दिनका लागि बुकिङ गरिएको छ । ‘रिसोर्टका १६ वटा कोठा नै ६ असारदेखि बुक गरिएको छ, कसैलाई पनि भित्र जान दिइएको छैन,’ रिर्सोट स्रोतले भन्यो, ‘१३ वटा कोठामा पाहुना हुनेछन्, बाँकी ३ कोठा आवश्यकता अनुसार प्रयोग गर्ने भनिएको छ ।’ रिसोर्टमा शनिबार नै सुरक्षाकर्मीहरू पुगेर चेकजाँच गरेका थिए । नेपाली सेना र प्रहरीको टोली नै रिसोर्टमा शनिबारदेखि परिचालन गरिएको छ ।

रास्वपा महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर उत्तरपूर्वमा यो रिसोर्ट अवस्थित छ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धी जाने सडकको चोकमा यो रिसोर्ट पर्दछ । रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार