काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन लागेका हुन् ।
रास्वपाले प्रथम महाधिवेशनमा दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो। सभापति थापाले आज बिहान रास्वपा र सभापति रवि लामिछानेलाई शुभकामना दिएका थिए।
सभापति थापाले रास्वपा स्थापनाको छोटो अवधीमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन्।
उनले रास्वपाको यो महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले अझै परिपक्व, जिम्मेवार र दुरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर रहेको बताएका छन् ।

