बिदेशीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिव पक्राउ

दाङ । बिदेशीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् ।

झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र वडा सचिवसहित चारजना पक्राउ परेका हुन ।

जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष र कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वर्तमान वडा अध्यक्ष रामेश्वर यादव ९रामेश्वर अहिर०, सोही वडाका वडा सचिव राजेश कुमार कहार र तत्कालीन कार्यालय सहायक मिना चौधरी रहेका छन् ।

यसैगरी झुट्टा विवरणका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने राजपुर गाउँपालिका ४ का आलम जोल्हालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार