संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल शुरु

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सोमवार बिहान सिंहदरबारमा शुरु भएको छ । संसद्मा कायम गतिरोध अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको हो ।

जारी बैठकमा विभिन्न राजनीतिक दलका शिर्ष तथा पदाधिकारी तहका नेताहरूको उपस्थिति रहेको छ । बैठकमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) मुख्य सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरू सहभागी छन् ।

बैठकमा मुख्यगरी संसदको अवरोध हटाउने विकल्पहरू र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ । सदन सुचारु गर्न दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप रास्वपाले यो पहल गरेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार