घरको छतबाट लडेर एक युवकको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकका ३१ वर्षीय गोपाल साउदको घरको छतबाट लडेर मृत्यु भएको छ।

आइतबार दिउँसो आफ्नै तीनतले घरको छतबाट लडेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार