काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो । गएको २१ गतेदेखि सुनको भाउ निरन्तर घटिरहेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।
हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज भने १० रुपैयाँले बढेको हो । आज तोलाको चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

