काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मध्यराति फेसबुकमा व्यङ्ग्यात्मक स्टाटस लेखेका छन् । उनले राजदूत पदमा नियुक्तिका लागि आफूलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करप्रति कटाक्ष गर्दै स्टाटस लेखेका हुन् ।
प्रधानमन्त्री शाहले शनिवार राति फेसबुकमा लेखेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न ।’
गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए ।
त्यसमा उनले प्रधानमन्त्री शाहलाई ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गरेका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई प्रहरी लगाएर पक्राउ गराएको थियो ।

