हत्या ,हिंसा र बलत्कार कानुनी दायरामा आओस
समाजमा मानवता , भातृत्व र शान्ती सदैब छाओस ।
यहि श्लोगनका साथ नारी हिंसा बिरुद्दको एक आवाज बनेर सार्वजानिक भएको छ मेरो आफ्नै संसार बोलको म्युजिकल ड्रामा ।मानव सेवा आश्रममा आयोजित एक कार्यक्रमका बिच सार्वजानिक गरिएको उक्त गितमा कलाकारहरु रश्मी भट्ट,बसन्त रिजाल,समिया कार्की,जोत्सना घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसिको प्रमुख आथित्यतामा सम्पन्न भएको म्युजिक भिडियो रिलिज कार्यक्रममा कलाकार सँघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी , संगितकार सन्तोष श्रेष्ठ लगायत चलचित्र र गित संगित क्षेत्रका व्यक्तित्वका साथमा शैक्षिक र सामाजिक क्षेत्रका दिग्गज व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।ओएसआर डिजिटलबाट सार्वजानिक भएको मेरो आफ्नै संसारमा शंकर पाण्डे मुक्तीको शब्द तथा लगानी रहेको छ भने सन्तोष श्रेष्ठको संगीत , प्रमोद खरेलको स्वर , राजु कार्कीको एरेन्ज रहेको छ । गितका शब्दलाई नाटकिए रुपमा प्रस्तुत गरेर म्युजिकल स्टोरी बनाएका छन् निर्देशक माधब खरेलले ।

सामाजिक सेवा भाबका कारण सामाजिक संस्थामा गएर आफ्नो सिर्जना सार्वजानिक गरे पछि कार्यक्रममा उपस्थित व्यक्तिहरुले पाण्डे टिमको मुक्तकण्ठले प्रसंसा गरेका थिए । बिरलै म्युजिक भिडियोका कार्यक्रममा देखिने गरेका चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसिले म्युजिक भिडियो भित्रको कथाले दर्शकलाई बाधेको प्रतिकृया दीएका थिए । त्यस्तै कलाकार संघका अध्यक्ष उत्तम केसीले पनि कलाकारका अभिनयले ध्यान खिचेको प्रतिकृया दिए ।
कार्यक्रमको सभापतित्व ग्रहण गितकार पाण्डेकी आमाले गरेकी थिईन् । आमाको उपस्थिती र स्थानले कार्यक्रमलाई अझ उचाई दिएको र मातृत्व भाव र सम्मान झल्किएको थियो ।

