बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दो

काठमाडौं । बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको संख्या बढ्दै गएको छ । कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालतसँगै उद्योग विभागमा पुग्ने क्रम बढेको हो ।
उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विभागमा ५ सय ७१ वटा उजुरी दर्ता भएका छन् । उनले यही आर्थिक वर्षभित्र विगतका वर्षमा परेका उजुरीसमेत गरेर ७ सय ३४ वटा उजुरीमाथि निर्णय गरिएको बताए ।  काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा विगत पाँच वर्षको तथ्यांक प्रश्तुत गर्दै उहाँले प्रतिलिपि अधिकारका लागि उजुरी दिनेको संख्या बढ्दै गएको बताएका हुन् ।
उनकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३४ वटा उजुरी दर्ता भएकामध्ये १ सय ७० वटामा निर्णय भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३ सय उजुरी परेकोमा १ सय ५३ वटा टुंग्याइएको पौडेलले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा उजुरीको संख्या बढेर ५२४ पुगे पनि १११ वटामा मात्र निर्णय भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ सय ८६ वटा उजुरी दर्ता भएकोमा अघिल्ला वर्षका मुद्दासमेत गरी ४ सय ८३ वटामा फैसला गरिएको बताए ।
उनले भने, ‘बैद्धिक सम्पती संरक्षण र सुरक्षासम्बन्धी मुद्दा यो विभागमा आर्थिक वर्ष २०७७/७८ मा ३३४ वटा उजुरी परेकोमा १७० उजुरीउपर फैसला वा निर्णय भइसकेको छ । आर्थिक वर्ष २०७९/८० मा ३०० वटा उजुरी परेकोमा १५३ वटा उजुरीउपर विभागले फैसलाा गरेको छ । त्यसैगरी आर्थिक  वर्ष २०८०/८१ मा ५२४ उजुरी परेका थिए भने विभागले १११ उजुरीउपर फैसला तथा निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३८६ वटा उजुरी परेको र ४ सय ८३ (अघिल्लो आर्थिक वर्षको समेत गरेर) वटा निर्णय भएका छन् ।  चालु आर्थिक वर्ष २०८२/८२ को असार २६ गतेसम्म ५ सय ७१ वटा उजुरी दर्ता भएकोमा ७ सय ३४ वटा फैसला भएका छन् । पछिल्लो समय बौद्धिक सम्पती चोरीविरुद्ध विभागसँगै अदालतमा समेत उजुरी दर्ता हुनेक्रम बढ्दै गएको छ ।
उनले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले गर्दा उजुरीउपर फैसलामा ढिलाई हुने गरेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार