सरकारलाई सुकुम्बासी संघ, संगठनको चेतावनीः तत्काल लालपूर्जा वितरण नगरे कडा आन्दोलन शुरु हुन्छ

काठमाडौं । विभिन्न राजनीतिक पार्टीमा आवद्ध सुकुम्बासीसँग सम्बन्धित संघ, संगठनहरुले सुकुम्बासीलाई तत्काल लाजपूर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आवद्ध अखिल नेपाल सुकुम्बासी संघलगायतका संघ, संगठनहरुले सरकारलाई यस्तो चेतावनी दिएको हो । सरकारले सुकुम्बासीले व्यवस्थापन गरेर ढाँट्ने, छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुम्बासी संघका इन्जार्ज नहेन्द्र खड्काले त्यसका विरुद्ध आफूले सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले सुकुमबासीहरुका लागि तत्काल लालपूर्जा दिने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा आफूहरु जाने चेतावनी दिएका छन् ।

उनले भने,‘अखिल नेपाल सुकुम्बासी संघले चाहन्छ–हामीले संघर्ष गर्न नपरोस् । तपाईंहरुले लालपुर्जा दिनुहोस । विधिमा दिनुहोस्, पद्धतिमा दिनुहोस । हामीलाई संघर्ष गर्न नपरोस् । त्यो होइन लपनछप्पन गर्नेतिर जानुभयो भने हामी संघर्ष गर्नेछौँ । र यो ७० लाखभन्दा धेरै सुकुम्बासीहरुको संघर्ष, हजारौ किसानहरुको संघर्ष, दलितहरुको संघर्ष, उत्पीडनमा परेका जाति, वर्ग र समुदायको संघर्षले तपाई र तपाई जस्ता शासकहरुको अन्त्य गर्नेछ ।’

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यबाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिव सुकुम्बासी नागरिकलाई पीडा दिने सीमा समेत नाघेको भन्दै आक्रोश व्यक्त गरे । उनले जनतालाई ढाँटेर शासन संचालन गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

कार्यवाहक अध्यक्ष परिश्रमीले भने,‘हामी गरिवलाई त तिमीले सुकुम्बासी, भूमिहीन, दलित सुकुम्बासी, अव्यवस्थि बसोबासीका लागि बनेको ऐन, कानून त सरकारले लत्यायो, लत्यायो । अव देश र जनतालाई नै राष्ट्रियता सम्बन्धि खतरामा पार्नका लागि यदि उन्मुख छ भने खवरदार सरकार यो देश तिम्रो मात्रै होइन । यो देश हाम्रो पनि हो । पञ्चायतकाल, राणाकालमा लडने जनताहरुको पनि हो । गणतन्त्रका लागि लडने जनताको पनि हो । समग्र नेपाली जनताको हो । यो कालकोठरीबाट जनतालाई ढाँटेर डोजर लगायौँ । शासन चलायो । अव नचलाउ । अव अति भयो ।’

कार्यबाहक अध्यक्ष परिश्रमीले सरकार मुलुकको राष्ट्रियता नै खतरामा पार्ने षड्यन्त्रमा लागि परेको आरोप पनि लगाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार