कास्की अदालतको आदेश- रवि, जिबी र छविलालमाथि रहेका दुई अभियोग हटाइए

काठमाडौं । रवि लामिछाने लगायत प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा कास्की जिल्ला अदालतले फिर्ता लिन अनुमति दिएको छ। अदालतको शुक्रबारको आदेशसँगै यी दुई कसुर अब उक्त मुद्दाबाट हटाइएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीको स्वीकृतिपछि अदालतमा निवेदन दर्ता गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन माग गरेको थियो। सहकारी ठगीसम्बन्धी कसुर भने यथावत राखिएको छ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासले सरकारी पक्षको निवेदनलाई सदर गर्दै रवि लामिछाने, फरार रहेका गितेन्द्रबाबु राई ९जिबी०, पूर्वडिआइजी छविलाल जोशीलगायत अन्य प्रतिवादीमाथिका ती दुई कसुर हटाउने निर्णय गरेको हो।

अब यो मुद्दा सहकारी ठगीसम्बन्धी अभियोगमा मात्रै केन्द्रित भएर अघि बढ्ने भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार