पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् ।
आतङ्कवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समुह नजिकै विस्फोट गरे पछि उनीहरुसँग झडप भएको अधिकारीहरुले बताएका छन् । एक वरिष्ठ अधिकारीलाइ उदृत गर्दै एएफपिले झडपमा पाँच जना सैनिकहरु मारिएको र अर्का एक जना सैनिक गम्भीर घाइते भएको बताएको छ ।
अपरेशनको क्रममा, आतङ्ककारीहरूको एउटा समूह फेला परे पछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ । गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

